Monday, January 27, 2025

खाईपाई आएको तलब नपाएको गुनासो

पछिल्लाे समाचार

रौतहट १४ कार्तिक । कटहरिया नगरपालिकाकाले बिधालय कर्मचारीले खाईपाई आएको तलब नदिएको गुनासो गरेका छन ।
बिधालय कर्मचारीले यस आर्थिकबर्षमा मासिक तलब १९ हजार पाउनुपर्नेमा १५ हजार दिएको गुनासो गरेका छन ।
सामुदायिक बिधालयमा कार्यरत बालविकासका शिक्षिका लाई गत आर्थिकबर्षमा सरकारले मासिक ८ हजार तलब पठाउंदा तत्कालीन मेयर सियाराम कुश्वाहाले नगरपालिका बाट तलबमा ७ हजार र २ हजार प्रोत्साहनभता गरि मासिक १७ हजार उपलव्ध गराउदै आएका थिए ।
यस आर्थिकबर्ष देखि सरकारले बालविकास शिक्षिकालाई मासिक १० हजार रुपैया पठाएको छ। नगरपालिकाले थप ७ हजार तलब र २ हजार प्रोत्साहन भता दिएको भए बालविकास शिक्षक शिक्षिकाले मासिक १९ हजार तलब पाउने थिए ।
कटहरियाका नगरप्रमुख अजयप्रकाश जयसवालले खाईपाई आएको रकम बाट ४ हजार घटाएर मात्र ५ हजार रुपैया पठाएको शिक्षिका रामसखी कुमारीले गुनासो गरेकी छिन । त्यसैगरी बिधालय सहयोगी र लेखापालले समेत खाईपाई आएको तलब मेयर जयसवालले कटौती गरेको गुनासो गरेका छन ।
कटहरिया नगरक्षेत्र अन्तर्गत २४ वटा सामुदायिक बिधालयमा कार्यरत बिधालय सहयोगी,बालविकास शिक्षिका,र लेखापाल गरि ६० जना कर्मचारीले बिगतदेखी खाईपाई आएको तलब कटौती हुदा मर्कामा पर्दैआएको उनीहरुले गुनासो गरेका छन ।
शिक्षा संयोजक अनिलकुमार निधिले गतबर्ष बिधालय कर्मचारीको तलब सरकारले कम पठाउंदा नगरपालिकाले बालविकास शिक्षिकालाई प्रतिमहिना ७ हजार रुपैया थपेको थियो । प्रोत्साहनभता यसपटक दिईएको छैन तथा मासिक ५ हजार थपेर १५ हजार पुर्याएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु