रौतहट , २५ असोज //
नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साह र केन्द्रीय सदस्य कुन्दन कुस्वाहको एमाले सदस्यता खारेज भएको छ ।
उनीहरुले एमालेको आधिकारीक टिकट पाएपनि रौतहट क्षेत्रनं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि मंगलबार उनीहरुको सदस्यता खारेज भएको हो ।
स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्ने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।