रौतहट , २ कार्तिक //
नेकपा एकीकृत समावादी पार्टीका रौतहट क्षेत्रनं ४ क का प्रदेशसभा उम्मेदवार
बालकृष्ण श्रेष्ठले यतीबेला घरदैलो अभियानलाई तीव्रता दिएका छन् । श्रेष्ठले आफुलाई मतदाताले विस्वास गरेका कारण यस पटक आफु प्रदेशसभा सदस्यमा विजयी हुनेमा विस्वस्त रहेको बताएका छन् । रौतहट क्षेत्रनं ४ क प्रदेशसभा तर्फ नेकपा एमालेका अखिलेश्वर चौधरी ,नेकपा माओवादीका युवराज भट्टराई उम्मेदवार रहेकाछन् । यस चुनावमा आफ्नो जित पक्का रहेको उम्मेदवार श्रेष्ठको भनाइ रहेको छ ।