रौतहट , ३० असोज //
७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
डेंगुबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ ।
गत साउनदेखि हालसम्म ३८ हजार ९ सय १८ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।