धनुषा , ३ कार्तिक //
धनुषाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको ईनारुवा नगरपालिका ६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंग प्रसाद गुप्ता रहेका छन्।
मंगलबार राति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाईकलमा सबार भएर जाँदै गर्दा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर स्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोला भित्र श्रोत नखुलेको २० लाख रुपैयाँ बरामद भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरीटोली दुवै जनालाई नगदसहित नियनत्रणमालिई अनुसन्धान पश्चात आवश्यक कार्वाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।