Friday, January 31, 2025

सुकदेव चौकमा नेकपा एस र गठबन्धनको भेला

पछिल्लाे समाचार

रौतहट २८ असोज । आउदो मंसिर -४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि हुने आम निर्वाचनमा एतिहासिक जीत हासिल गर्न बाम लोकतान्त्रिक गठबन्धनको कार्यकार्ता भेला सम्पन्न भएको छ ।
शुक्रवार रौतहट क्षेत्र न -१को यमुनामाई गाउँपालिकाको सुकदेव चौकमा भेला सम्पन्न भएको भेलामा प्रमुख अतिथीको रुपमा ने क पा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल त्यस्तै बिशिस्ट अतिथिमा महिला नेत्री संविधान सभा सदस्य सरला यादव, रामकुमार भट्टराई, गौरका मेयर शम्भु साह, डा बंशिधर मिश्र ,सचेतक रामाधार सिंह, बिरेन्द्र साह राजदेवी न पा का मेयर भिखारी राय यादव र त्यसतै गठबन्धन तर्फबाट नेपाली काङ्ग्रेस मधेस प्रदेश प्रमुख एवम प्रदेश सांसद उम्मेदवार १ “ख “को कृष्णा यादव ,गढीमाई न पा का मेयर श्याम यादव ,माधवनारायणका बैजु यादव,को उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको प्रमुख लक्ष्य चुनाव केन्द्रित भएको र आउदो मंसिर -४को निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार माधव कुमार नेपाल प्रदेश सांसदको साझा उम्मेदवार कृष्णा यादवलाई जिताउन आग्रह गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु