काठमाडौं, ३० असोज । निधन भएका वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको शरीर नजलाइने भएको छ ।
आइतबार बिहान ललितपुरको किष्ट अस्पतालमा उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएका जोशीको शरीरलाई अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको हो ।
जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको हो ।
जोशीले मृत्यु अघिनै शरीर दान गरेका थिए ।