रौतहट , ३१ असोज //
सोमवार ६७ औं प्रहरी दिवश विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
२०१२ साल असोज ३१ गते नेपाल प्रहरीलाई व्यवस्थित बनाउन बनाइएको ऐन अन्तर्गत नेपाल प्रहरीको विधिवत रुपमा संगठन स्थापना भएपछि साही दिनमा बर्षेनी बार्षिक उत्सव तथा दिवसको रुपमा मनाउदै आएको हो ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा आयोजित सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले नेपाल प्रहरीको चुनौतीहरु स्थापना काल देखि नै कुशलताका साथ पुरा गर्दै अपराध अनुसन्धानमा प्रमुख भुमिका निर्वाह गरेको बताए ।
प्रहरी विनको समाज, प्रहरी विनाको दैनिक जिवनलाई कल्पना गर्न नसकिने भएको हुँदा समाजमा हुने विभिन्न खाले अपराध, अवाञ्छित गतिविधि नियन्त्रण जस्ता कार्यमा नेपाली जनताहरु पहिलो नेपाल प्रहरीलाई नै सम्झिरहने उनको भनाइ छ ।
६७ औं प्रहरी दिवसको अवसरमा कत्र्तव्य पालनको शिलशिलामा मृत्यु हुनु भएका प्रहरी कर्मचारीको परिवारजनलाई दोसल्ला र नगद प्रदान प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले सम्मान गरेका छन ।
कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा सहभागी भएका प्रहरी अधिकृत देखि लिएर परिचर सम्मलाई सम्मान गरिएको छ ।
सो कार्यक्रममा सशस्त्र प्रहरीका एसपी ध्रुव कार्की, प्रमुख सेनानी, राष्ट्रिय अनुसन्धानको उप निर्देशक, आरडिसीका अध्यक्ष पारस हुसैन सहितका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिएका छन।