Friday, January 31, 2025

रौतहटमा अवैधरुपमा चुरे क्षेत्रमा ढुङ्गा,बालुवा निकासी, तस्करलाइ कार्वाही गर्न माग

पछिल्लाे समाचार

रौतहट, २८ असोज । नदीजन्य पदार्थको अबैध उत्खनन तथा निकासी रोक्का राख्ने आदेश कार्यान्वयन गर्न गराउन माग गर्दै सामुदायिक वन उपभोक्ता समुह गैडाटारका पदाधिकारीहरुले चन्द्रपुर नगर मा ज्ञापन पत्र बुझाएका छन् ।
संवेदनशिल क्षेत्रको रुपमा मानिएको चुरेफेदीका नदीहरुबाट नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन गरेर भण्डारण गरिने कार्यबाट जिल्लाको दक्षिणि भेगका बस्तीहरु जोखिममा परेर मरुभुमि बन्ने खतरा वढ्दै गएको भन्दै सामुदायिक वनका पदाधिकारीहरुले चन्द्रपुर नगरपालिकाको कार्यालय मा ज्ञापन पत्र बुझाएका हुन ।
नेपाल सरकारको ऐन, नियम तथा नीतिहरुलाई चुनौती दिर्दै छिमेकी जिल्ला मकवानपुर हुँदै चन्द्रपुर नगरपालिका क्षेत्र भित्र चुरे पहाडका नदीहरु चाँदी, सुत्ने खोला र हिले खोला,डाडडुगे खोला बाट अबैध रुपबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गरेर भण्डारण गरिने कार्य भएका छन ।
व्यापक रुपले नदि दोहन हुदा पनि नगरपालिकाको कार्यालय र सम्बन्धित निकाय मुकदर्शंक बनेको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चतुरबहादुर मोक्तानले दुखेसो पोखेका छन ।
चन्द्रपर नगरपालिकाको वडा नं ३ स्थित गैडाटार जाने सडकमा निर्माणाधिन पक्कि पुल देखि उत्तरतर्फ कालापानी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्र, तिलेश्वर सामुदायिक वन क्षेत्र, सोनी सामुदायिक वन क्षेत्रको भू भाग र आदर्श सामुदायिक वन क्षेत्रको भू भाग सम्म अहिले पनि दैनिक रुपमा दर्जनौ संख्यामा ट्रेक्टरहरु बाट नदीजन्य पदार्थ निकीसी र भण्डारण हुँदै आएको ज्ञापन पत्र उल्ल्ख छ ।
उक्त खोलाहरुको वातावरणीय प्रभाव मूल्यांकन तथा प्रारम्भिक वातावरणीय परिक्षण नभएको, नगरपालिका लगायत सम्बन्धित निकायबाट आधिकारीक रुपमा ठेक्का बन्दोवस्त समेत नलगाएको अवस्थामा गैर कानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन, निकासी र भण्डारन भइरहेकाले चाँदी नदीमा निर्माण भएको बाँधमा क्षेती पुग्ने, खोलाको धार परिवर्तन भई गैडाटार गाउँ तथा सो क्षेत्रका खेतीयोग्य जमीनहरु कटानमा पर्ने र निर्माणाधिन पुललाई समेत असर पुग्ने अवस्था श्रृजना भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
चन्द्रपुर नगरपालिकामा ज्ञापन पत्रको बोधार्थ दिई इलाका प्रशासन कार्यालय चन्द्रपुर, इलाका प्रहरी कार्यालय चन्द्रपुर, जिल्ला वन कार्यालय चन्द्रपुर, जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला समन्वय समितिको कार्यालय रौतहटलाई जानकारी गराइएको उक्त उपभोक्ता समितिले जनाएको छ ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चतुरबहादुर मोक्तानले ज्ञापन पत्र बुझाएको एक साता वितिसक्दा पनि उत्खनन, भण्डारण, निकासी कार्य बन्द नभएको गुनासो गरेका छन ।
चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले चन्द्रपुर नपाबाट ठेक्का बन्दोबस्तको कार्य मिलाउन वातावरणीय परिक्षण कार्य अन्तिम चरणमा रहेको हुदा अहिले सम्म नदिको ठेक्का लाग्न नसकेको बताएका छन ।
डिभिजन वन कार्यालय रौतहट चन्द्रपुरका प्रमुख सुनिलकुमार कर्णले राजमार्ग भन्दा उत्तर तर्फ राष्ट्रपति चुरे संरक्षण क्षेत्र तथा सामुदायिक वनको क्षेत्रमा पर्ने खोलाबाट कुनै किसिमको नदीजन्य पदार्थ संकलन, उत्खनन, घाटगद्दी गर्न नपाइने कानुनी प्रावधान रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले प्रहरीलाई पत्राचार गरेर अबैध उत्खनन गर्नेहरुलाई पक्राउ गरी सम्बधित निकायमा कारवाहीको लागि पठाउने निर्देशन दिएको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु