Friday, January 31, 2025

रौतहटका ६० भन्दा बढी माओवादी केन्द्रका नेताले पार्टी छोडे

पछिल्लाे समाचार

रौतहट २८ असोज / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य सहित ६० जनाले सो पार्टी परित्याग गरेका छन्।

पार्टीले विचार, नीति,तथा सिद्धान्त लाई छोडी विसर्जनवादतिर उन्मुख हुँदै गएको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।

शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरुले सामुहिक राजीनामाको घोषणा गरे। पार्टी परित्याग गर्नेमा नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य वीरबहादुर गोलेसहित,प्रस्तावित मधेश प्रदेश कमिटी सदस्य टेकनाथ खरेल, चन्द्रपुरका उपाध्यक्ष रामबहादुर घलान, वाइसिएल मधेश प्रदेश कमिटी सदस्य विशाल जर्गा, वाइसिएल चन्द्रपुर नगर कमिटीका अध्यक्ष रमेश गोलेलगायत ६० जना छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु