रौतहट , ३१ असोज //
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा र आमसभा गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।
चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ गतेदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने आयोगले चेतावनी समेत दिएको छ ।
निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको छ ।