रौतहट २८ असोज / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य विभिन्न नेतृत्व तहमा रहेका नेता सहित ५५ जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन ।
माओवादी पार्टीले विचार, नीति,तथा सिद्धान्त लाई छोडी विसर्जनवादतिर उन्मुख हुँदै गएको आरोप लगाउँदै उनीहरुले शुक्रबार सामूहिक राजीनामा दिएर शनिवार बालकोटमा पार्टी प्रवेश गरेका छन ।
एमाले अध्यक्ष केपि ओलीले नवप्रवेसीहरु लाई टीका लगाएर एमालेमा प्रवेश गराएका छन ।
शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरुले सामुहिक राजीनामाको घोषणा गरेका थिए ।
एमाले पार्टी प्रवेस गर्नेहरुमा नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य वीरबहादुर गोले ,, चन्द्रपुरका उपाध्यक्ष रामबहादुर घलान, वाइसिएल मधेश प्रदेश कमिटी सदस्य विशाल जर्गा, वाइसिएल चन्द्रपुर नगर कमिटीका अध्यक्ष रमेश गोलेलगायत ५५ भन्दा बढी एमालेमा प्रबेश गरेको एमालेका निबर्तमान जिल्ला सचिव बालबिक्रम कार्किले जानकारी दिएका छन ।