Friday, January 24, 2025

गाैरमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

पछिल्लाे समाचार


रौतहट , १६ असोज //
गाैरमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको छ ।आइतबार एक कार्यक्रम बीच जिल्लाको सदरमुकाम गौरमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको हो

जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा राैतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले कार्यक्रम लाई सम्बोधन गर्देे जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा निश्पक्ष धाँधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेको बताइन।
मरासिनीले दलका प्रतिनिधि आचारसंहिता पालना गर्न तयार रहेको प्रतिवद्वता आएको बताउंदै उनले यसलाई सुखद रुपमा लिएको बताइन। उनले सुरक्षाको सवालमा प्रमुख जिल्ला अधिकारीबाट सुरक्षामा कमि कमजोरी नहुने र यसले निश्चित रुपमा निश्पक्ष चुनाव हुन्छ भन्ने विश्वास व्यक्त गरे।
जुलुस ,भेला, कोण सभा २४ घन्टा पहिले अनुमति लिनु पर्ने र बाल बालिकाको प्रयोग नगर्ने मरासिनीले बताइन । मास मिडिया प्रिन्ट मिडियामा कसरी प्रचार गर्ने निर्देशिका अनुसार गरिदिनु हुन उनले आग्रह गरे ।

गाैरका नगर प्रमुख शम्भु साहले जिल्लामा निर्वाचन केही ठाउंमा मात्र गडबडी हुने गरेकोले स्थानीय प्रशासनलाई सजग रहन आग्रह गर्नु भयो । उनले सबै ठाउमा सुरक्षाको भरपर्दो व्यबस्था गर्न माग समेत गरे।

यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अन्य जिल्लाका अनुभव सुनाउंदै सम्पन्न स्थानिय चुनावबाट जिल्लामा फरक किसिमले चुनाव हुने गरेको जिकिर गरे । उनले आचार संहित मुख्य राजनीतिक दलबाट तोडने खालका गतिबिधि नगर्न आग्रह गरे ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष कमलराय यादवले निर्वाचन आचारसंहिता अक्षर:सह पालना गर्ने प्रतिवद्वता व्यक्त गर्देे निश्पक्ष चुनाव हुने कुरामा विश्वास व्यक्त गरे । नेकपा एमालेका प्रतिनिधि भोला पाण्डेले कार्यालय स्थापनाले देशमा शुभ संकेतको रुप लिएको बताउंदै विवाद रहित चुनावको कामना गरे ।

राप्रपाका जिल्ला अध्यक्ष सतेन्द्र प्रसाद सिंहले निश्पक्ष चुनाव हुने विश्वास व्यक्त गर्दै साना- ठुल्ला दल नहेरी सबैलाई आचार संहिताको पालना गराई दिन अनुराेध गरे । नेपाल सुशासन पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलले स्थानिय चुनावमा जिल्लामा देखिएको कमि कमजोरी नदोहोरियोस भनि सम्बन्धित निकायको ध्यानाकर्षण गराका थिए। नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले स्थानीय चुनाव सुरक्षाकर्मीले देखाएको ईमान्दारीतामा शंका गर्ने ठाउ नरहेको बताउंदै आसन्न चुनाव निश्पक्ष धांधली रहित हुने कुराम विश्वास व्यक्त गरे ।

निर्वाचन कार्यालय राैतहटका प्रमुख छोटेलाल दासले निर्वाचन सम्बन्धि प्राविधिक कुरा राख्दै राैतहटमा ४ वटा निर्वाचन क्षेत्रमा अगल अलग सम्बन्धित क्षेत्रमा नै निर्वाचन कार्यालय स्थापना हुन लागेको बताउदै एकको गाैर ,दुईको परोहा ३ को कटहरिया र ४ चन्द्रनिगाहपुरमा कार्यालय स्थापना हुन लागेको बताए । जिल्लामा १ सय ५७ वडा रहैको र जसमा २ सय ७६ मतदान स्थल ६ ठाउंमा मतदान स्थल सारिएको जानकारी दिए । यस्तै ५ सय २३ मतदान केन्द्र रहेको उनले जानकारी दिए । उनले सबै कर्मचारी को अस्थायी नामावली तयार गरिएको बताउंदै कारागारको कैदी बन्दी सहित सम्पुर्ण कर्मचारीको नाम राखिएको जनाए । एकजना मतदाताले ४ वटा मतपत्र पाउने र ४ वटैमा छाप लगाएर ४ वटै मतपत्र अलग अलग मतपेटिकामा खसाल्ने भनि प्रमुख दासले जानकारी दिए ।

 साे अवसरमा नेपाली सेनाका कर्नेल गंगा बहादुर विष्ट , नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सस्शत्र प्रहरीका   सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रियअनुसन्धानका प्रमुख मुकुन्द ढकाल , गाैर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सभाष कुमार ठाकुर सहितका मुख्य उपस्थिति रहेको थियो। 
spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु