सिरहा ,१८ भदौ //
सिरहाबाट प्रतिबन्धीत लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका ३ रजखोर टोल बस्ने २२ वर्षीय राजपति यादव रहेका छन्।
यादवलाई नरहा गाउँपालिका ३ नयाँ चौहर्वा चौक स्थित लागूऔषध नियन्त्रण व्युरो र ईलाका प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा स ५ प ५०७७ नम्बरको मोटरटरसाईकलबाट कोडिवेल नामक लागूऔषध ८८ बोतल बरामद गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।