सर्लाही , २५ भदौ //
सर्पको टोकाइबाट सर्लाहीमा एकजना महिलाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका ११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकदारसँग श्रम गर्न आएकी स्थानीय ३५ वर्षीया श्यामकुमारी महतोलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए ।
काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि सिकिस्त भएकी महिलालाई उपचारको लागि नवलपुरस्थित सर्प दंश अस्पताल नवलपुर लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रिफर गरिएको थियाे ।
महतोको उपचारको क्रममा साेही अस्पतालमै राति ११ बजे मृत्यु भएको डीएसपी यादवले बताए ।