रौतहट , ३ असोज //
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विद्यादेवी भण्डारीले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् ।
संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा कैद सजाय माफ गरेकी हुन् ।
यस्तै असल चालचलन भएको आधारमा राष्ट्रपति भण्डारीले पासाङ शेर्पासहितका २०३ जना र इन्द्र कुमार लिम्बु समेतका ४७८ गरी कुल ६६१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा पनि गरेकी छन् ।
उनीहरु आज असोज ३ गते छुट्ने छन् ।