Friday, January 24, 2025

मधेश प्रदेशमा चुनावका लागि २३ हजार म्यादी प्रहरी खटाइने

पछिल्लाे समाचार


रौतहट , १० असोज //
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइने भएको छ ।
मधेस प्रदेशको आठवटै जिल्लामा २३ हजार ७७१ म्यादी प्रहरी खटाइने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा सबभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सा जिल्लामा २ हजार ७ जना खटाइने छ ।

सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ८०१ म्यादी प्रहरी खटाइने मधेश प्रदेश प्रहरी प्रवक्ता सुमनकुमार तिमलसिनाले जानकारी दिए । उनका अनुसार सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हमजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइने छ ।

मधेश प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरीको लागि खोलेको भर्नामा ६२ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु