सर्लाही,१४ असोज //
सर्लाहीका लालबन्दी नगरपालिका–१४, नारायण खोलामा एक बालकको शव फेला परेको छ ।
नारायण खोलाका सुकमान पाख्रिनका छोरा वर्ष ८ का सोनाम पाख्रिनको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार देखी बेपत्ता भएका बालकको बिहीबार दिउँसोख नारायण खोलाको इनार खोल्सी भन्ने स्थानमा शव फेला परेको हो ।
मृत्युको वास्तविक कारण खुल्न सकेको छैन् । कुनै बाहिरी चोटपटक नदेखिएका कारण बालकको डुबेर ज्यान गएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ