Sunday, January 26, 2025

दैनिक १४ वटा सवारी दुर्घटना

पछिल्लाे समाचार


रौतहट , ५ असोज //
मधेश प्रदेशमा दैनिक १४ वटा सवारी दुर्घटना हुने गरेको पाइएको छ । दैनिक दुर्घटनामा २४ जना मानिस घाइते हुने र एक जनाको मृत्यु हुने गरेको प्रदेश ट्राफिक कार्यालय पथलहियाको तथ्यांकले देखाएको छ ।

प्रदेशको आठ जिल्लामा दैनिक साना देखी ठुला १४ वटासम्म सवारी दुर्घटनामा पर्ने गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

यस आर्थिक वर्षको साउन र भदौमा मात्र प्रदेश भरी कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ जना पुरुष, १ १ जना महिला तथा पाँचजना बालबालिका गरी ६३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक ​ प्रहरी कार्यालय पथलहियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

त्यसै गरी उक्त दुर्घटनामा परेर १ हजार २ जना पुरुष, २ सय ७४ महिला तथा १ सय ३१ जना बालबालिका घाइते भएको सूचना अधिकारी भण्डारीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु