रौतहट , १३ असोज //
चन्द्रनिगाहपुरमा “राम्रो स्वस्थ मुटु जीवनको साचो हो ’ भन्ने मूल नाराका साथ दौड प्रतियोगिता सम्पन्न भएको छ । चन्द्रपुर हस्पिटल प्रा.लीको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो।
दौड चन्द्रपुर अस्पतालबाट शुरु भई घोडी देवी मन्दिरमा गएर सम्पन्न भएको थियो । दौड प्रतियोगितामा १६ देखि ५० वर्ष उमेर समूहका २५० जनाले भाग लिएका थिए । चन्द्रपुर अस्पताल प्रा.लीका डाक्टर सुभाष चौधरीका अनुसार बिभिन्न संघ संस्था, सञ्चारकर्मी, विद्यार्थी लगायतको प्रतियोगितामा सहभागिता रहेको थियो।
प्रतियोगितामा प्रथम हुने अमित ठाकुरलाई डिजिटल ब्लड प्रेसर मेसिन तथा गिफ्ट प्रदान गरिएको थियो । यस्तै दोश्रो हुने चन्द्रन कुमार चौधरीलाई म्यानुअल ब्लड प्रेसर मेसिन र तेस्रो हुने राम प्रवेश चौधरीलाई प्राथमिक उपचारको बक्स सेट प्रदान गरिएको चौधरीले जानकारी दिए ।
कार्यक्रममा डाक्टर चौधरीले स्वस्थ्य मुटु कसरी राख्ने भन्ने विषयमा जानकारी गराए । डा. चौधरीले पछिल्ला वर्षहरुमा अस्पतलहरुमा मुटुरोगीको चाप बढ्दै गएको बताए
‘टन्सिलाइटिस, उच्च रक्तचाप,मधुमेहको समयमा उपचार नगर्दा र खराव जिवनशैलीले पनि मुटुरोगको जोखिम उच्च रहने चौधरीले बताए । दैनिक व्यायाम, खेलकुदमा कम रुची, धुम्रपान अनि मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले पनि मुटु रोगी बढ्दै गएको उनको भनाई छ ।
मुटुको स्वास्थ्यमा ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्यु रोक्न सकिने चिकित्सकहरु बताउछन।