Friday, January 24, 2025

गौरमा तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने

पछिल्लाे समाचार


रौतहट , २४ भदौ//
रौतहटको गौर नगरपालिका ६ स्थित रहेको श्री श्यामा दाल मिलमा तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपाल तथा नगर प्रमुख शम्भु शाहको बिशेष पहलमा सो शिविर भदौ २४ देखि २६ गते सम्म संचालनमा रहने छ ।
बिहीबार राति ८ बजे भएको पत्रकार सम्मेलनमा नगरप्रमुख शाहले पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदै विभिन्न रोगका विशेषज्ञहरू , ल्याव, इसिजि,एक्सरे लगायतको विरामीलाई परिक्षण गरेर औषधी वितरण गरिने, २ बजे सम्म विरामी दर्ता रजिस्टरमा नाम दर्ता गर्न सकिने, हर्निया र हाइड्रोशिलको सर्जरी गरिने बताए ।

५६ जना विशेषज्ञहरू आईसकेको हुदा गौर नगरपालिकाको लागि मात्र नभई जिल्लाको कुनै पनि स्थानबाट आउने विरनमीलाई उपचार गरिने उनले जानकारी दिए । समयमै जांच गराई स्वास्थ्य सेवाको फायदा उठाउन नगर प्रमुख साहले अपिल समेत गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु