रौतहट , २० भदौ //
रौतहटको गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहको पहलमा गौरमा संचालन भएको नि:शुल्क प्लास्टिक सर्जरी शिविर अन्तर्गत ४ जना बिरामीको ओठको अपरेसन हुने भएको छ ।
गौर अस्पतालमा बि एण्ड बि अस्पताल काठमाडौंको प्राविधिकहरु द्वारा ओठ तथा तालु चिरिएर स्पष्ट बोल्न समस्या रहेका ४ जना बिरामीहरु छनौट भइ निशुल्क प्लास्टिक सर्जरीको लागी काठमाडौ पठाइएको नगर प्रमुख साहले बताएका छन् ।
नगर प्रमुख साहले छनौट भएका विरामीहरुको शिघ्र स्वास्थ लाभको शुभकामना सहित बिरामीहरुलाइ बिदा गरेका हुन् ।
सर्जरीका लागि छनौट बिरामीहरुलाई गाडी भाडा, खाना, बस्ने व्यवस्था र औषधीहरु बि एण्ड बि अस्पतालले निशुल्क उपलब्ध गराएको जनाइएको छ।