रौतहट , ५ असोज //
चुनावी प्रतिबद्धता अनुसार नगरपालिकाको हरेक वडाको टोल-टोलमा फ्री वाई-फाईको ब्यवस्था गर्ने भएको छ ।
सोहि अनुरुप आज गरुडा नगरपालिका ६ पोठियाहीमा यसको उद्घाटन गरी जडान कार्यको सुरुवात गरिएको गरुडाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले जानकारी दिए ।
वर्ल्ड-लिंकको सहकार्यमा वाई-फाई ९ वटै वडाको टोल-टोलमा विस्तार गरिने उनले बताए ।
उनले वाईफाई सेवाको जडानले सुचना र जानकारी प्राप्त गर्न सर्वसाधारणलाई सहज हुने विश्वास व्यक्त गरे ।
विज्ञान र प्रविधिको युगमा इन्टरनेट अपरिहार्य रहेकोले नगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई प्रविधिमैत्री बनाउदै लगिने नगर प्रमुख जयसवालले प्रतिवद्वता व्यक्त गरे।