Saturday, February 1, 2025

कटहरियामा ५ सय ५० घर परिवारलाई ग्यास सिलिण्डर तथा चूल्हों वितरण

पछिल्लाे समाचार


रौतहट , १८ भदौ //

पूर्व मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहको धुवाँ चुल्हो मुक्त अभियान अन्तर्गत राैतहटकाे कटहरियामा ग्यास सिलिण्डर तथा चूल्हों वितरण गरिएको छ ।

आज (शनिवार )सहिद जनयुद्ध स्मृति प्रतिष्ठानमा एक कार्यक्रमका बिच कटहरिया नगरपालिकाको वडा नम्बर ९ का वडावासीहरू लाई ग्यास सिलिण्डर तथा चूल्हों वितरण गरिएको हो ।

करिव ५ सय ५० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । यससँगै अब कटहरिया नगरपालिका पनि धुवाँ चुल्हो मुक्त नगर बन्ने निश्चित भएको छ ।

परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको पूर्व वडा अध्यक्ष रामअज्ञा यादवले जानकारी दिए । नगरपालिकाले गत आर्थिक बर्षमा ग्यास सिलिण्डरसहित चुल्हो खरिदकाे लागि बजेट विनियोजन गरेको थियो । ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको कटहरिया ९ डुमरियाका स्थानीयहरूले बताए ।
सो कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा, पार्टी क्षेत्रिय ईन्चार्ज एवं पुर्व मेयर सियाराम कुशवाहा, युवा संघको प्रदेश सह-ईन्चार्ज नरेश तुरहा, नगर कमिटी ईन्चार्ज योगेन्द्र साह,वडा नम्बर ९ का वडा अध्यक्ष रूपेश,वड़ाध्यक्ष चन्दन कुशवाहा,वडा अध्यक्ष श्यामाकान्त यादव लगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथिमा रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु