Thursday, January 23, 2025

१९ लाख बढीको चाँदीसहित एक भारतीय नागरिक पक्राउ

पछिल्लाे समाचार


धनुषा , ९ असोज //

धनुषाको सीमा क्षेत्रबाट साढे १९ लाख बराबरको चाँदीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहारका मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झा रहेका छन् ।

जटही नाकाबाट भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

साइकलमा सवार भई शरिरमा चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरेको १९.४१७ किलो चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको छ ।

लागि बरामद चाँदी र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु