Monday, January 27, 2025

सर्लाहीमा घाइते अवस्थामा फेला परेका युवकको उपचारको क्रममा मृत्यु

पछिल्लाे समाचार


सर्लाही , २१ भदौ //
सर्लाहीको हरिपुर नगरपालिका–३, फरहदवामा सोमबार राति घाइते अवस्थामा फेला पारि अस्पताल पुर्याइएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीले नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत फरहदवामा सडक छेउमै गम्भीर घाइते अवस्थामा एक युवक फेला परेको थियो। बेवारिसे अवस्थामा फेला परेका युवकको प्रादेशिक अस्पताल मलंगवामा उपचार गर्दा गर्दै मंगलबार बिहानपख मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्दाजी २०/२५ वर्षको र तराई मुलको जस्तो देखिने ती युवकको नाम, ठेगाना खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनायो ।

सोमबार राती पौने १० बजेतिर ती युवकलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याइएको थियो । युवक घाइते भेटिएको स्थान नजिकै खेतमा लडिरहेको अवस्थामा भारतीय नम्वर प्लेट बीआर ३० एई ०४१२ नम्वरको एउटा मोटरसाइकल समेत फेला परेको प्रहरीले जनाएको छ।

युवकलाई सो मोटरसाइकलले ठक्कर दिएपछि चालक मोटरसाइकल छाडेर भागेको वा युवक आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीको आशंका रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु