Saturday, February 1, 2025

श्रीमतीको हत्या गरेको अभियोमा श्रीमान पक्राउ

पछिल्लाे समाचार


बारा , १८ भदौ //
बारामा श्रीमतीको हत्या गरेको अभियोमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका ३ गञ्जभवानीपुरका २७ वर्षीय सैमोदिन अंसारी २५ वर्षीय श्रीमती सहनाज खातुनको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

खातुनको हत्या आरोपमा अंसारीसँगै उनको भाउजु २५ वर्षीय अप्सना खातुनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार बिहीबार बेलुका ५ बजे सहानाज घरमै मृत अवस्थामा फेला परेको र प्रहरीले जाँच गर्दा शरिरका विभिन्न भागमा कुटपिट गरिएको चोट देखिएकाले घरका परिवारसँग सोधपुछ गर्ने क्रममा श्रीमान र भाउजुको संलग्नता पाइएपछि दुबैलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबैलाई हिरासतमा राखेर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको पनि बारा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु