Sunday, January 26, 2025

वीरगञ्जमा डेंगु रोग सम्बन्धि जनचेतना फैलाउँदै

पछिल्लाे समाचार


वीरगञ्ज, ११ असोज //
डेंगु रोग सम्बन्धि जनचेतना फैलाउन वीरगञ्जमा मङ्गलबार र्‍याली निकालिएको छ ।

नेपाल चिकित्सक सङ्घ नारायणी शाखाको आयोजना र विभिन्न स्थानीय सङ्घ संस्थाहरुसँगको सहकार्यमा वीरगञ्जमा मङ्गलबार डेङ्गी रोग सम्बन्धि जनचेतना फैलाउन र्‍याली निकालिएको हो ।

वीरगञ्जको घण्टाघर बाट सुरु भएको र्‍याली नगरको विभिन्न स्थानको परिक्रमा गर्दै पुन: घण्टाघरनै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै सङ्घसँग आबद्ध चिकित्सकहरुले डेङ्गी रोग निकै घातक रहेको र यसबाट जोगिन व्यक्तिले आफै सचेतना अपनाउनु पर्नेमा जोड दिएका थिए । चिक्तिसकहरुले घरको वरिपरी पानी जम्न नदिन, किटनासक औषधीको प्रयोग गर्न, पूरा बाहुला भएका लूगा लगाउन र डेङ्गीको लक्षण देखिन साथ चिकित्सकसँग सम्पर्क गर्न आग्रह गरे ।

र्‍यालीमा नेपाल औषधी तथा बिक्रि प्रतिनिधि सङ्घ (एनएमएसआरए), नारायणी सेन्ट्रल अस्पताल, प्रभु अस्पताल र नेपाल औषधि व्यवसायी सङ्घ लगायतले सहकार्य गरेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु