वीरगञ्ज , २३ भदौ //
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरबाट २ थान सालको गोलियासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ निवासी ५० वर्षीय रामानन्द महतो रहेका छन्।
पर्साको सब डिभिजन वन कार्यालय अन्र्तगत पर्ने राष्ट्रिय वनबाट अवैध रुपमा सालको काठ कटान गरेर काठको तस्करी भइरहेको विशेष सूचनाको आधारमा खटिएको वन गस्ति टोलीले २ थान साईकलमा लैजाँदै गरेको २ थान सालको गोलियासहित दासलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय पर्साका वन अधिकृत (डिएफओ) शुवाश चन्द दासले जानकारी दिए ।
पक्राउ परेका महतोलाई बरामद काठ र साइकल सहित डिभिजन वन कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।