सर्लाही , ७ असोज //
सर्लाहीका होटल व्यवसायीले विश्व पर्यटक दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
बिहीबार नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले लालबन्दीमा पत्रकार सम्मेलन गरी असोज ९, १० र ११ गते विभिन्न कार्यक्रम गरी दिवस मनाइने जानकारी दिएको हो । असोज ११ गते विश्व पर्यटक दिवस परेको छ ।
दिवसका अवसरमा असोज ९ गते सरसफाई कार्यक्रम राख्ने, मलंगवास्थित नेपाल–भारत सीमामा अन्य सरोकारवालासहित पुगेर भारतबाट आउने पर्यटकलाई स्वागत गर्ने, पर्यटकीय स्थलहरुबारे जानकारीमूलक होर्डिङ बोड राख्ने, होटलहरुमा विशेष छुट दिने लगायतका कार्यक्रम तय गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जनले जानकारी दिए । उनका अनुसार पर्यटन वर्ष २०२२ लाई सफल बनाउन यि कार्यक्रमहरु गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा लालबन्दी, हरिवन, बागमती, मलंगवालगायत स्थानमा रहेका होटल संचालकहरुको उपस्थित रहेको थियो ।