धनुषा , १३ असोज //
फलामे रड प्रहार गरि धनुषामा ४ वर्षीय बालकको हत्या भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने किसन पासवानका ४ वर्षीय छोरा अनुप पासवानको हत्या भएको हो ।
बुधबार दिउँसो ३ बजेको समयमा आफ्नै काका २८ वर्षीय रवि पासवानले रडले प्रहार गरेपछि बालकको मृत्युु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
रडले प्रहार गरेपछि बालक गम्भीर घाइते भएका थिए । बालकको उपचारको क्रममा आधा घण्टा भित्रै भएको डिएसपी क्षेत्रीले बताए ।
घटना लगत्तै काका रविलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेर घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।