सर्लाही , ९ असोज //
नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितामा मधेश प्रदेशबाट चेस प्रतियाेगितामा हरिवनकी कृपा कार्की छनाैट भएकी छिन् ।
गत असोज ३ गते देखि ७ गते सम्म बीरगंजमा सम्पन्न प्रदेश स्तरीय बुद्दिचाल प्रतियोगितामा कार्की सहित ३ जना महिला र ३ जना पुरूष राष्ट्रिय खेलकुद प्रतियाेगितामा सहभागीताका लागि छनाैट भएका हुन् ।
प्रदेशका ८ वटै जिल्लाबाट सहभागीहरुबीचकाे प्रतिष्पर्धाबाट पुरुषतर्फ सप्तरीका मनोज विश्वकर्मा प्रथम, महेश चौधरी द्वितिय र उमेश साह सोनार तृतीय भई छनाैट भएका हुन् ।
त्यस्तै महिलातर्फ भने सिराहाकी सञ्जिता महतो प्रथम, सर्लाहीकी कृपा कार्की द्वितिय र सिराहाकी रियू सिंह तृत्तीय हुँदै छनाैट भएका हुन् । छनौट भएका तिन पुरुष र तीन महिलाले प्रदेशको प्रतिनिधित्व गर्दै पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् ।
हरिवन निवासी कृपा कार्की राष्ट्रिय बुद्दिचाल प्रतियोगिताका लागि छनौट हुने सर्लाही जिल्लाकै पहिलो महिला हुन्।