पर्सा , ५ असोज //
पर्साबाट सशस्त्र प्रहरीले ईन्ट्री र भन्सारबिना निर्वाध रुपमा चलीरहेको भारतीय नम्बरको स्कार्पीयो गाडी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार रोडबाट गाडी नियन्त्रणमा लिएको हो ।
दर्ता बिना निर्वाध रुपमा चलीरहेको सूचनाका आधारमा वीरगञ्ज बोर्डर आउट पोस्ट (बिओपी) बाट खटिएको सशस्त्र प्रहरीको मोवाइल टोलीले बि आर ३० ए ई ९१८९ नम्बरको स्कार्पीयो गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेलले जानकारी दिए ।
उनका अनुसार करिब ३५ लाख मूल्य बराबरको स्कार्पीयो नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
अनुसन्धानको क्रममा ३२ असार २०७९ मा रौतहटस्थित गौर भंसारबाट एकदिनको मात्र राजश्व तिरी प्रज्ञापन पत्र बनाई नेपालमा प्रवेश गरी साउन १ गतेदेखि हाल सम्म अवैध रुपमा नेपालमा चलाएको पाईएको सशस्त्र प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए ।