Monday, January 27, 2025

बलात्कारको आरोप लागेका लहानका उपमेयर महतोले गरे प्रहरी समक्ष आत्मसमर्पण

पछिल्लाे समाचार


सिरहा , २५ भदौ //
बलात्कारको मुद्दा दर्ता भएपछि फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार असार ४ गते २१ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको उजुरी परेपछि उनले शुक्रबार आत्मसमर्पण गरेका हुन्।

रोजगारी दिलाइदिन भन्दै उपप्रमुख महतोको कार्यकक्षमा पुगेकी युवतीमाथि उपप्रमुख महतोले कोठाको चुकुल लगाएर जबर्जस्ती गरेको उजुरी प्रहरीमा परेको थियो । असार ४ गते इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएपछि प्रहरीले उपप्रमुख महतोको खोजी गरिरहेको थयो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु