सर्लाही,२४ भदौ //
सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीस्थित नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकौल गाउँपालिका–७, छटौल बैरिया टोल बस्ने वीरेन्द्र यादवका छोरा १५ वर्षीय शिवजी यादव रहेका छन् ।
शिवजी पढ्नका लागि बरहथवामा कोठा गरेर बस्दै आएका थिए ।
चक्र जनता माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने उनी बुधबार दिउँसो साथीहरुसँगै नुहाउन भन्दै नहरमा गएका बेला डुबेर बेपत्ता भएका थिए ।
डुबेर बेपत्ता भएको स्थानभन्दा ५० मिटर दक्षिणमा बुधबार साँझ शिवजीको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।