पर्सा , १३ असोज //
पर्साबाट प्रतिबन्धित लागु औषध गाँजासहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ् गाउँपालिका वडा नम्बर १ निवासी ३५ वर्षीय सिमोन चेपाङ् ,सिमोनकी श्रीमती कैलाश गाउँपालिका वडा नम्बर ८ कि ३१ वर्षीय सितामाया प्रजा र सिमोनकी बहिनी भनिएकी मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्बर ८ र हाल चितवनको राप्ती नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय ईन्द्र माया चेपाङ् रहेका छन्।
प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मिलन चोकस्थित सडक खण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जितपुरबाट विरुवागुठीतर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ह् ९७६ नम्बरको सार्वजनिक ट्याम्पो रोकी चेकजाँच गर्दा अवैध लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनीहरुको साथबाट ५ किलोग्राम ९ सय ग्राम गाँजा बरामद भएको उनले बताए।
उनीहरुलाई पर्सा जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी समर्थन गराई आवश्यक अनुसन्धान भइरहेको छ ।