रौतहट ८,असोज । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको नेवाः देय दबू, चन्द्रपुर नगर समितिको दोश्रो नगर अधिवेशन होटल ए.एन प्लाजामा सम्पन्न भएको छ । नेवाः देय दबू, चन्द्रपुर नगर समितिका अध्यक्ष अमृत कुमार श्रेष्ठको सभापतित्व सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेवाः देय दबू, मधेश प्रदेश समितिका अध्यक्ष तिलकलाल श्रेष्ठ रहनु भएको थियो भने अतिथिहरुमा मधेश प्रदेश समितिका उपाध्यक्ष मनमोहन सुन्दर श्रेष्ठ, मधेश प्रदेश समतिका सदस्य सृष्टी श्रेष्ठ, कालिदास श्रेष्ठ, रामभक्त श्रेष्ठले, रौतहट मिसा देय दबूका अध्यक्ष निर्मला देवी दलीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा पंचरत्न शाक्यले उदघोषण गर्नु भएको थियो ।
चन्द्रपुर नगरपालिका भित्र छरिएर रहेका नेवार समुदायको भाषा, संस्कृति र सम्पदाको जगेर्ना र जातीय उत्थान, सामाजिक कार्य, शिक्षा तथा साहित्यमा क्षेत्रमा आफ्नो अमूल्य योगदान दिनु हुने व्यक्तित्वहरुलाई नेवाः देय दबू, चन्द्रपुर नगर समितिले सम्मान–पत्र प्रदान गरि सम्मानित गरेको छ । उक्त कार्यक्रममा सम्मानित हुनु भएका व्यक्तित्वहरु जगन्नाथ श्रेष्ठ, परमेश्वर पोते, नरेशराज दली, राजेन्द्र श्रेष्ठ, डम्बरजंग श्रेष्ठ र शिक्षा तथा साहित्य क्षेत्र तर्फ लक्ष्मी श्रेष्ठलाई सम्मान–पत्र प्रदान गरि सम्मानित गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै मधेश प्रदेश समितिका उपाध्यक्ष मनमोहन सुन्दर श्रेष्ठले अन्य जात जाति आफ्नो भाषा, संस्कृतिलाई संरक्षण गर्न लागि परेको भएता पनि यस क्षेत्रका नेवार समुदायमा एकरुपता नभएको कारण सबै मिलेर आफ्नो भाषा, संस्कृति र सम्पदाको जगेर्ना र जातीय उत्थानको लागि एकबद्ध भइ अगाडी बढ्नुपर्र्ने बताएका छन् ।
त्यस्तै नेवाः देय दबू रौतहट जिल्ला कार्य समितिको अध्यक्ष बालकृष्ण श्रेष्ठले यस जिल्लामा रहनु भएका सबै नेवार समुदायका साथीहरु एकबद्ध भएर आफ्नो धर्म, संस्कृतिलाई संरक्षण गर्न भाषाको तालिम, बिभिन्न नेवारीबाजाको तालिम र संस्कृति झल्काउन विभिन्न कार्य गरि आफ्नो भाषा, कला र संस्कृतिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्ता जाहेर गर्नुभएको छ ।
यसै गरि सम्मानित हुनु भएको व्यक्तित्वको तर्पmबाट लक्ष्मी श्रेष्ठले अबको दिनमा आफ्ना सन्ततीलाई भाषा र संस्कृति सिकाउन नसके भविष्यमा आफ्नो भाषा र संस्कृति लोप हुनेछ तसर्थ सबैले मिलेर आफ्ना धर्म, संकृृतिलाई संरक्षण गर्न सबैलाई एकजुट भएर लाग्नुपर्ने धारणा राख्नु भएको थियो ।
अतिथिहरुले आफ्नो मन्तव्य राख्ने क्रममा सबैले नेवार समुदायले आफ्नो भाषा, संस्कृतिलाई संरक्षण, जगेर्ना र जातीय उत्थानको लागि मिलेर अग्रसर हुनु पर्ने कुरा बताएका थिए् ।
सम्पन्न अधिवेशनबाट हाललाई २४ सदस्यिय वडा नं १ देखि १० सम्म सबै सदस्यहरु समेटिने गरि नेवाः देय दबू, चन्द्रपुर नगर समिति गठन गरिएको छ । गठित नगर समितिको अध्यक्षमा डम्बर बहादुर श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा पुष्पलाल श्रेष्ठ, उपाध्यक्षमा कर्ण नारायण श्रेष्ठ, महिला उपाध्यक्षमा सोनी श्रेष्ठ, सचिवमा पंचरत्न शाक्य, महिला सचिवमा एक कुमारी श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण प्रधान र सदस्यहरुमा काजीराम श्रेष्ठ, दिपक श्रेष्ठ, उज्वल श्रेष्ठ, रुपेश श्रेष्ठ, प्रमोद श्रेष्ठ, सरोज श्रेष्ठ, सन्देश मानन्धर, सृजना श्रेष्ठ, भक्त कुमारी श्रेष्ठ, गोविन्द श्रेष्ठ, तिलक श्रेष्ठ, कल्पना श्रेष्ठ,, समिता श्रेष्ठ, कमला श्रेष्ठ, सजन श्रेष्ठ, महेश श्रेष्ठ, ओमप्रकाश श्रेष्ठलाई चयन गरिएको छ ।