सर्लाही , ३ असोज //
पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सर्लाहीको लालबन्दीमा रग्वी खेलको मधेश प्रदेशस्तरीय छनौट प्रतियोगिता सुरु भएको छ ।
आइतबार बिहान प्रदेशसभा सदस्य बेची लुंगेलीले लालबन्दी ६ स्थित खेल मैदानमा मंगलबारसम्म चल्ने खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गरेकी हुन् । मधेश प्रदेशबाट पहिलो पटक रग्वी खेलमा खेलाडी पठाउन लागिएको र यस प्रतियोगिताबाट १२ जना पुरुष र १२ जना महिला गरी २४ खेलाडी छनौट गरिने सर्लाही रग्वी संघका अध्यक्ष रन्जित साहले जानकारी दिए ।
खेलाडी छनौट गरेर पोखरासम्म लगी प्रतिस्पर्धा गराउन मधेश प्रदेशबाट प्रशिक्षकमा बिक्रम भारती र व्यवस्थापकमा रन्जित साह तोकिएका छन् ।