बारा , २४ भदौ //
टाटा सुमोको ठक्करबाट बारामा पैदल यात्रिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका– १६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दिपक मैनाली रहेका छन्।
काठमाडौंबाट कलैया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले जितपुरसिमरा उपमहानगरपालिका–१ मा बेलुकी पौने ९ बजे उनलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
दुर्घटना पश्चात् ठक्कर दिने गाडीसहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।