सर्लाही , २५ भदौ //
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चाेरिकाे माेटरसाईकल बरामद गरि सम्बन्धित व्यक्तिलाई फिर्ता गरेकाे छ ।
भदाै १७ गते अस्थाई ट्राफिक प्रहरी पोस्ट कर्मैयाले पुर्व-पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा कागजपत्र साथमा नभएकाे प्र-३-०२-००८५ ३०५४ नं. को मोटरसाईकल नियन्त्रणमा लिएकाे थियाे । कागजपत्र लिएर आउँछु भनेर हिंडेकाे माेटरसाईकल चालक ५ दिनसम्म पनि नआएपछि शंका लागेर काठमाडाैं ट्राफिकमा बुझ्दा काडमाडाैकाे गाेकर्णेश्वर नपा-१ निवासी ४३ वर्षीय महेन्द्र केसीकाे रहेकाे पत्ता लागेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।
बागमती प्रदेश-०२-०१५ ६१६४ भएपनि नम्बर परिवर्तन गरेर चलाईराखेकाे अवस्थामा बरामद् गरिएकाे उक्त माेटरसाईकल शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा एक कार्यक्रमका बीच माेटरसाईकल धनी केसीलाई हस्तान्तरण गरिएकाे ट्राफिक प्रहरी सहायक निरीक्षक ठाकुर भट्टराईले जानकारी दिए ।