Thursday, January 30, 2025

जसपाका अध्यक्ष यादवद्वारा मधेस आन्दोलनका शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण

पछिल्लाे समाचार


जनकपुरधाम,२५ भदौ //
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले दिलीप यादव, निकु यादव र सञ्जय चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

२०७२ भदौ ७ मा मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दिलीप, निकु र सञ्जय शहिद भएका थिए । उनीहरूको सम्झनामा जनकपुरधामका तत्कालीन मेयर लालकिशोर साहले शहिदद्वार निर्माण गराएका छन् ।

उक्त शहिद गेटमै जसपाले श्रद्धाञ्जली सभा गरेका छन् । जसपा अध्यक्ष यादवले शहिद दिलीप, निकु र सञ्जयप्रति श्रद्धाञ्जली अर्पण गर्दा भावुक बनेका थिए । उनले शहिदका सपना पूरा गर्नकै लागि आफूहरू अझै संघर्षरत रहेको बताउंदै शहिदको सपना पुरा हुने बताए।

उनले मधेसी जनताको वलिदानीले नै मुलुकमा संघियता आएको तर केहि तत्त्वले त्यसलाई ध्वस्त पार्ने खेलमा लागेकामा दु:ख व्यक्त गरे । उपलब्धि खेर पनि जान नदिने र समावेशिता पहिचान सहित थप अधिकार प्राप्त गर्नकै लागि अहिले लडाई लडिरहेको यादवले बताए ।

अध्यक्ष यादवले शहिद परिवारहरुलाई सम्मान पनि गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु