रौतहट , १९ भदौ //
रौतहटको गरुडा नगरपालिकामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गरुडा नगरपालिका वडा नम्बर २ का दिनेश सहनीको १४ वर्षीया छोरी अमरिका कुमारी सहनी रहेकी छन्।
सहनीको मोटरबाट नुहाउने क्रममा मोटरमा करेन्ट प्रवाह भई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।