धनुषा ,११ असोज //
धनुषाको मिथिलाबिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ । हत्या आरोपमा क्रिया बसेका श्रीमान् रामा मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछीको टाउकोमा कोदालोको पाछाडिको बिट प्रहार गरि हत्या गरेको खुलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
उनका अनुसार रामालाई घटनाको ५ दिन पश्चात् क्रिया बसेको अवस्थामा घरबाट पक्राउ गरेको हो । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको कोदालो समेत उनको बयान अनुसार धानखेतबाट बरामद भएको डिएसपी क्षेत्रीले बताए ।
गत असोज ४ गते घर नजिकै बाँसघारीमा जिवछी देवीको शव फेला परेको थियो ।