रौतहट ,२१ भदौ //
नेपाली कांग्रेसले रौतहट ४ बाट प्रतिनिधिसभा सदस्य तर्फ प्रत्यक्षका लागि रविनचन्द्र कोइरालाको नाम सिफारिस भएको छ।
मङ्गलवार जिल्ला कार्यसमितिको बसेको बैठकले स्थानीयको राय सुझावसहित उनको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय कार्यसमिति बैठकबाट नाम सिफारिस नभएपछि उनी रुष्ट बनेका थिए ।
सभापति सुनिल (जितेन्द्र) कुमार यादवले क्षेत्रीय समितिबाट सिफारिसमा नपरे पनि जिल्ला कार्यसमितिले पहिलो नम्बरमा नै नाम सिफारिस गरेको जानकारी दिए।