पर्सा ,२१ भदौ //
एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ सांसदमा वीरगञ्ज महानगरका पूर्ब मेयर विजय कुमार सरावगीकाे नाम सिफारिस भएकाे छ ।
साेमबार बसेकाे नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीकाे बैठकले संघीय सांसदमा प्रत्यक्ष तर्फ सरावगीकाे नाम सिफारिस गरेको हाे ।
एमाले वीरगञ्ज महानगर कमिटी उपाध्यक्ष महेश दासका अनुसार पर्साकाे निर्वाचन क्षेत्र नम्बर २ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ सारावगीसंगै एमाले केन्द्रीय सदस्य प्रभु हजरा , निर्मला देवकाेटा र बसरुद्विन अन्सारिकाे नाम पनि सिफारिस भएकाे छ।