Thursday, January 30, 2025

उपचारका क्रममा बालकको मृत्यु भएपछि चन्द्रपुर अस्पतालमा तोडफोड

पछिल्लाे समाचार


रौतहट , २० भदौ //

उपचारका क्रममा एक बालकको अस्पतालमा मृत्यु भएपछि चन्द्रपुर अस्पताल प्रालीमा तोडफोड गरेका छन् ।

डाक्टरको लापारवाहीले चन्द्रपुर ७ घर भएका १० बर्षका दिपेश माझीको मृत्यु भएको भन्दै स्थानीयले आज बिहान अस्पतालमा तोडफोड गरेका हुन्।
माझीलाई आज बिहान साडे पाँच बजेको समयमालाई ज्वरो आएर उपचारका लागि अस्पतालमा ल्याएको आधाघण्टाम ज्यान गएपछि स्थानीय आक्रोसित भएका थिए ।
आक्रोसित भिडले अस्पतालमा ढुंगा प्रहार गर्दा अस्पतालको सिसा फुटेको छ ।

अस्पतालका डाक्टर सुवास चौधरीले डाक्टरको लापारवाहीका कारण नभएर बालकमा पहिलानै ईफेक्सन भएका कारण मृत्यु भएको बताए । अहिले चन्द्रपुर अस्पताल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु