रौतहट ,७ असोज //
अभियान नेपालले रौतहटको कटहरिया नगरपालिकामा स्वास्थ्यको विषयमा देखिएका समस्याहरुको बारेमा बुझन आजदेखी स्थलगत निरीक्षण गरी डाटा संकलन गर्ने काम शुरु गरेको छ ।
कटहरिया नगरपालिका वडा नं ५ कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रबाट नै सो डाटा संकलन गर्ने काम शुरुवात गरिएको अभियान नेपालले जनाएको छ ।
अभियान नेपालले नगरपालिकाको प्रत्येक वडाको स्वास्थ्य चौकीमा गई स्वास्थ्य सम्बन्धी के कस्ता समस्या र चुनौती छन भन्ने कुराको डाटा संकलन गर्ने अभियान नेपालका कर्मचारीहरुले बताएका छन् ।
आम नगरवासीले सरकारबाट प्रदान गरिने सेवा सुविधा राम्ररी पाइरहेका छैन कि छैनन, स्वास्थ्य चौकीमा औषधी छ कि छैन, सर्वसाधारणको स्वास्थ्यमा के कस्ता समस्या छन, स्वास्थ्यको अवस्था के कस्ता छन भन्ने कुरा पता लगाई यी समस्याहरु समाधान गराउने उद्देश्यले प्रत्येक वडाको स्वास्थ्य चौकीबाट डाटा संकलन गर्ने कार्यको शुरुवात गरिएको हो।
वडा अध्यक्ष सर्फलाल गुप्ताले कटहरियाबासीको स्वास्थ्य अवस्था र स्वास्थ्य सम्बन्धी समस्या तथा चुनौतिको बारेमा जानकारी गराएका थिए ।