पर्सा , १० असोज //
चट्याङ लागेर वीरगन्जमा एक बालककाे मृत्युु भएकाे छ भने अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपलिका वडा नम्बर २ छपकैयाका राम प्रसाद उपाध्यायका छाेरा १५ वर्षीय सिद्धान्त उपाध्याय रहेका छन्।
छपकैया ईदगाह चोक स्थित छठ घाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खस्दा सिद्धान्त सहित फुलनेसा खातुन र भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत घाईते भएका थिए ।
उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पुर्याउंदा सिद्धान्तको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
घाइते मध्ये अर्जुनको अवस्था गम्भिर रहेकोले उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएकाे छ ।अर्की घाइते फुलनेसाको अवस्था भने सामान्य रहेकाे र उनको नारायणी अस्पतालमै उपचार भईरहेको गिरीले बताए ।
साेमबार नै बिहान चट्याङले लागेर पर्साकाे बिन्दवासिनी गाउँपालिका– ४ अमरपट्टी बस्ने २५ वर्षीय कुन्दन दास घाईते भएका छन् । बिहान शौचालय जाने क्रममा उनलाई चट्याङले लागेको थियो । उनको नारायणी अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।