रौतहट , ५ असोज //
कृषकहरुको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले रौतहटको गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाको २ वटा सहकारी संस्थालाई घाँस काटने मेशिन हस्तान्तरण गरिएको छ ।
मंगलबार एक कार्यक्रम आयोजना गरी ति दुबै नगरपालिका २ वटा सहकारी संस्थाका पदाधिकारीहरुलाइ हस्तान्तरण गरिएको हो ।
गुजरा नगरपालिका वडा नं २ मैढा स्थित ध्रुवतारा सामाजिक उध्मि महिला सहकारी संस्था लिमिटेड र चन्द्रपुर नगरपालिकाको वाड नं. २ को परिश्रमीक सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडलाइ ५०-५० थान घास काटने मेशिन हस्तान्तरण गरेको थियो ।
गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले गुजरा नगरपालिकामा आयोजित कार्यक्रममा किसानहरुलाइ ब्यबसायिक पशुपालन गर्न यस प्रकारको मेशिनले ठुलो सहयोग गर्ने बताए ।
आफनो नगर क्षेत्रका किसानहरुको आर्थिक स्तर बृद्धि गर्नको लागी उन्नत जातको बोका बितरण,घास काटने मेसिन बितरण लगायतका बिभिन्न कार्यहरु गदै आएको नगर प्रमुख चौधरीले जानकारी दिएका छन ।
उक्त मेशिन सुलभ ३ प्रतिशत ब्याजदरमा सहकारीलाइ उपलब्ध गराएको हेफर इन्टरनेशनलकी बजार सबलीकरण सहजकर्ता निर्मला सुबेदीले जानकारी दिएकी छिन ।
सो मेसिन बजार मुल्य प्रति गोटा ३५ हजार रहेकोमा सहकारी मार्फत ३० हजारमा उपलब्ध गराएको सुबेदीले जानकारी दिइन । नियमित रुपमा किस्ता बुझाउने किसानलाइ अन्तिम किस्ता छुटको पनि ब्यबस्था रहेको सुबेदीको भनाइ रहेको छ ।
हेफर इन्टरनेसनल नेपालका व्यावसाय प्रर्बधन अधिकृत श्री सुवास थापाले दुग्ध उत्पादनलाइ बृद्धि गर्ने उदे्श्यले सो मेशिन किसानहरुलाइ उपलब्ध गराएको जानकारी दिए ।