वीरगञ्ज , १३ असोज //
पर्सा प्रहरीले विभिन्न किसिमको प्रतिबन्धित लागुऔषध सहित वीरगञ्ज बाट ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ बस्ने उतम आचार्य, अरुण राई, सुविन श्रेष्ठ, काठमाडौ चन्द्रागिरी गपा ४ थानकोटका ओमप्रकाश महतो र जिल्ला मोतिहारी थाना भेलाही घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने प्रदिप बोहरा क्षेत्री रहेका छन् ।
विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडकखण्डमा वीरगञ्जबाट परवानिपुर तर्फ जाँदै गरेको ना १ घ २८२३ नम्बरको ई–रिक्सालाई रोकी चेकजाँच गर्दा उक्त ई–रिक्सामा सवार रहेका मानिसहरूले कपडाको झोला भित्र लुकाइछिपाई राखिएको प्रतिबन्धित लागुऔषध निटजाकेयर नामको ३ हजार ट्याब्लेट, डाईजेपाम १ हजार ७ सय पिस, फेनारगन १ हजार ७ सय पिस, नुर्फिन १ हजार ७ सय पिस गरी जम्मा ५ हजार १ सय पिस लागुऔषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।
लागुऔषध सहित पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।